१४ असार २०८३, आइतबार

चिकित्सक संघद्वारा आन्दोलनको घोषणा, सरकारलाई ७२ घण्टे अल्टिमेटम

चिकित्सक संघद्वारा आन्दोलनको घोषणा, सरकारलाई ७२ घण्टे अल्टिमेटम

काठमाडौं– नेपाल चिकित्सक संघले प्रा. डा. गोविन्द के.सीको माग सम्बोधन गर्न सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ । 

संघको बिहीबार बसेको बैठकले  विभिन्न खालका आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका हो । संघले देशभरका स्वास्थ्य संस्था, चिकित्सक तथा संघका सम्पूर्ण शाखा कार्यालयहरुलाई भएका निर्णय अनुरुप कार्यान्वयन गर्न तथा गराउन अनुरोध समेत गरेको छ । 

बैठकमा अस्पतालका निर्देशक, विभिन्न विशेषज्ञ समाजका अध्यक्ष, महासचिव तथा अन्य प्रतिनिधि, संघका पूर्व अध्यक्ष, पूर्व महासचिव, विभिन्न संस्थाका आवासिय चिकित्सकहरु तथा अन्य वरिष्ठ चिकित्सकहरुको समेत सहभागिता रहेको थियो । 

संघको आन्दोलनका कार्यक्रमहरु यस्तो छः

१) आजको मितिले ७२ घण्टा भित्र नेपाल सरकारले वार्ता समिति गठन गरी डा. गोविन्द के.सी.को जीवन रक्षाका लागि ठोस कदम उठाउन नेपाल सरकारसँग जोडदार माग गर्दै सोका लागि सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले आ आफ्नो तर्फबाट नेपाल सरकारलाई दबाब दिने ।  

२) त्रि.वि. शिक्षण अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगायत देशभरका मेडिकल कलेजमा  कार्यरत आवासिय चिकित्सकहरुले घोषणा गरेको आन्दोलनप्रति नेपाल चिकित्सक संघको पूर्ण समर्थन  रहेको । 

३)  यदि नेपाल सरकारले आजको मितिले ७२ घण्टा भित्र डा. गोविन्द के.सी.को जीवन रक्षाका लागि ठोस कदम अगाडी नबढाएको खण्डमा मिति २०७५ माघ १३ गते आईतबार दिउसो १ः०० बजे काठमाडौं उपत्यकाभित्र रहेका अस्पतालका सम्पूर्ण चिकित्सकहरुलाई त्रि.वि.शिक्षण अस्पताल महाराजगञ्जको प्रांगढमा उपस्थित भई थप आन्दोलनको स्वरुप बारे बृहत छलफल गर्ने निर्णय गरिएकोले सरोकारवाला सबैमा उपस्थितिको लागि यसै विज्ञप्ती मार्फत अनुरोध गरिन्छ । साथै संघका सम्पूर्ण शाखा कार्यालयहरुले आफूसँग सम्बन्धित शाखा कार्यालयमा जम्मा भई आन्दोलनका कार्यक्रमबारे छलफल गर्ने र केन्दीय कार्यलयले गरेको निर्णयलाई यथोचित कार्यान्वयन गर्ने गराउने । 

salt training

कमेन्ट गर्नुहोस्