०६ साउन २०८३, बुधबार
नेपाल-यूएई एक दिवसीय सिरिज

यूएईविरुद्ध नेपाललाई पहिलो ओभरमै झट्का, उपकप्तान मल्ल रन नजोड्दै आउट

यूएईविरुद्ध नेपाललाई पहिलो ओभरमै झट्का, उपकप्तान मल्ल रन नजोड्दै आउट
फाइल फोटो

काठमाडौं -संयुक्त अरब इमिरेट्स (युएई)विरुद्धको तीन एक दिवसीय श्रृंखलाअन्तर्गत पहिलो खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ ।

दुबईमा घरेलु टोलीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गर्दै नेपाललाई ब्याटिङमा बोलाएको हो ।

नेपालका लागि ब्याटिङमा राम्रो शुरूवात हुन सकेन । उपकप्तान ज्ञानेन्द्र मल्ल रनको खातानै नखोली आउट भएका छन् ।

ज्ञानेन्द्रको विकेटपछि विनोद भण्डारीलाई साथ दिन कप्तान पारस खड्का क्रिजमा आएका छन् ।

नेपाल तीन एक दिवसीय र तीन टी-ट्वान्टी सिरिज खेल्न यूएई पुगेको हो ।  

दोस्रो खेल माघ १२ र तेस्रो खेल माघ १४ गतेका लागि तय भएको छ । यस्तै टी-ट्वान्टीतर्फ पहिलो खेल माघ १७, दोस्रो माघ १८ र तेस्रो माघ २० गते हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्