०३ साउन २०८३, आइतबार
नेपाल-यूएई एक दिवसीय सिरिज

यूएईविरुद्ध नेपालको खराब शुरूवात, सस्तैमा गुम्यो दुई विकेट

यूएईविरुद्ध नेपालको खराब शुरूवात, सस्तैमा गुम्यो दुई विकेट

काठमाडौं - संयुक्त अरब इमिरेट्स (युएई)विरुद्धको तीन एक दिवसीय श्रृंखलाअन्तर्गत पहिलो खेलमा नेपालले खराब शुरूवात गरेको छ ।

६ ओभर एक बलमा १६ रन जोड्दा नेपालले २ विकेट गुमाइएको छ । उपकप्तान ज्ञानेन्द्र मल्ल रनको खाता नै नखोली आउट भएका छन् भने विकेट किपर ब्याट्सम्यान विनोद भण्डारी ५ रनको स्थितिमा पेबिलियन फर्किएका छन् ।

दुई विकेट गुमाएर संकटमा परेको नेपाली पारी सम्हाल्न क्रिजमा कप्तान पारस खड्का र अलराउण्डर सोमपाल कामी छन् ।

दुबईमा घरेलु टोलीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गर्दै नेपाललाई ब्याटिङमा बोलाएको हो ।

नेपाल तीन एक दिवसीय र तीन टी-ट्वान्टी सिरिज खेल्न यूएई पुगेको हो ।  

दोस्रो खेल माघ १२ र तेस्रो खेल माघ १४ गतेका लागि तय भएको छ । यस्तै टी-ट्वान्टीतर्फ पहिलो खेल माघ १७, दोस्रो माघ १८ र तेस्रो माघ २० गते हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्