२८ असार २०८३, आइतबार

संसदमा सम्भावित मुठभेड रोक्न सभामुखको कार्यकक्षमा सर्वपक्षीय बैठक

संसदमा सम्भावित मुठभेड रोक्न सभामुखको कार्यकक्षमा सर्वपक्षीय बैठक

काठमाडौं – संसद (प्रतिनिधि सभा) बैठक शान्तिपूर्ण रूपमा सञ्चालनका लागि सभामुख कृष्णबहादुर महराले सरकारसहित सत्तारुढ र प्रमुख प्रतिपक्षी दलका प्रतिनिधिसँग छलफल गरिरहेका छन् ।

संसद भवन वानेश्वरमा जारी बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका उपनेता विजयकुमार गच्छेदार, प्रमुख सचेतक बालकृष्ण खाँड, सत्तारुढ नेकपाका उपनेता सुवास नेम्वाङ, नेकपाका प्रमुख सचेतक देव गुरूङ, कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री भानुभक्त ढकाल र उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेबीच बैठक चलिरहेको छ ।

शुक्रवार १ बजे बस्ने संसद बैठकमा चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्यसूची छ । विधेयक शुक्रवारै पारित गर्ने सरकारको तयारी र जसरी पनि रोक्ने कांग्रेसको रणनीतिले संसदमा मुठभेडको खतरा बढेको छ । 

संसद बैठक सहज रुपमा सञ्चालनका लागि सभामुख महराले सर्वपक्षीय बैठक बोलाएका उनका सहयोगीले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्