
काठमाडौं –प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बीच चिकित्सा शिक्षा विधेयक पारित भएको छ ।
शुक्रवार कांग्रेसको नाराबाजीका बीच विधेयक बहुमतले पारित भएको हो ।
कांग्रेसले नाराबाजी गरिरहँदा शिक्षा मन्त्री गिरिराजमणि पोखरेल विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्न रोष्ट्रममा पुगेका थिए ।
डा. गोविन्द केसी अनशनमा बसिरहेको समयमा विधेयक पारित भएको छ ।