२३ जेठ २०८३, शनिबार

भारतीय फिल्म चल्न नदिने माओवादी भातृसंगठनहरुको चेतावनी

कात्तिक २०, २०७४
भारतीय फिल्म चल्न नदिने माओवादी भातृसंगठनहरुको चेतावनी
काठमाडौं, २७ फागुन–भारतीय सुरक्षाकर्मीले नेपाली भूमीमा पसेर नेपालीको हत्या गरेको विरोधमा माओवादी केन्द्र निकटका भातृ संस्थाहरुले प्रदर्शन गरेका छन् ।

राजधानीमा माओवादी केन्द्र निकटका क्रान्तिकारी, वाईसीएल, महिला संघ क्रान्तिकारीले संयुक्त रुपमा विरोध कार्यक्रमको आयोजना गरिएको हो ।

विहान माइतीघर मण्डलाबाट शूरु भएको विरोध -याली वानेश्वर पुगेर कोा सभामा परिणत भएको थियो ।
कोणसभामा अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले भारतले नेपाली भूमिमा पसेर नेपालीको हत्या गरेकोमा आपत्ति जनाए । उनले भारत सरकारले माफी माग्नुपर्ने र गोली चलाउने दोषीलाई कारबाही गर्नुपर्ने माग गरे । न्यौपानेले दोषीलाई कारबाही नगरे भारतीय फिल्म नेपालमा चल्न नदिने चेतावनी दिए ।

कार्यक्रमका अन्य वक्क्ताहरुले कञ्चनपुरमा भारतीय सुरक्षा फोजले चलाएको गाली मृत्यु भएका गोविन्द गौतमलाई सहिद घोषणा गर्न माग गरे ।

तस्वीरः सुरेन्द्र वस्नेतको फेसबुकबाट

salt training

कमेन्ट गर्नुहोस्