
लोकान्तर संवाददाता
काठमाडौं, २७ फागुन –नवनियुक्त उपप्रधान एवं स्थानीय विकासमन्त्री कमल थापाले सरकारले वैशाख ३१ गतेका लागि घोषणा गरेको स्थानीय निर्वाचन अबको अर्जुन दृष्टि भएको बताएका छन् ।
सिंहदरवार स्थित स्थानीय विकास मन्त्रालयमा शुक्रवार पदभार ग्रहण गर्दै मन्त्री थापाले सरकारको अर्जुनदृष्टि स्थानीय निर्वाचन भएको बताएका हुन् ।
मन्त्री थापाले स्थानीय निर्वाचनको तयारीमा जुटन मन्त्रालयका कर्मचारीलाई निर्देशनसमेत दिएका छन् ।