
काठमाडौं– क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले चीनका क्यानडेली राजदूतलाई बर्खास्त गरिदिएका छन् । पक्राउ परेकी ह्वावेइकी वरिष्ठ अधिकृतको अमेरिका सुपुर्दगीसम्बन्धमा विवादास्पद अभिव्यक्ति दिएलगत्तै ती राजदूतले जागिर गुमाएका हुन् ।
चीनका निम्ति क्यानडाका राजदूत जन म्याककुलमले चिनियाँ विशाल टेलिकम ह्वावेइका वरिष्ठ अधिकारीको सुपुर्दगीबारे विवादास्पद टिप्पणी गरेका थिए । प्रधानमन्त्री ट्रुडोले उनले म्याककुलमलाई पदबाट हट्न भनेको बताए । तर कारण भने खुलाएनन् ।
अमेरिकाको अनुरोधमा मङ्ग वान्जूलाई पक्राउ गरेयता चीनको क्यानडासँगको सम्बन्ध बिग्रिएको छ । उनीमाथि अमेरिकाले इरानसँग सम्बन्धी आर्थिक प्रतिबन्धका प्रावधान उल्लंघन गरेको आरोप लगाएको बीबीसीले जनाएकाे छ । तर ती आरोप उनले र ह्वावेइले अस्वीकार गरेका छन् ।