०९ असार २०८३, मंगलबार

अब विद्यालयको प्रधानाध्यापक हुन छुट्टै परीक्षा

माघ १३, २०७५
अब विद्यालयको प्रधानाध्यापक हुन छुट्टै परीक्षा

काठमाडौँ — उच्चस्तरीय शिक्षा आयोगले सामुदायिक विद्यालयमा विशेष नेतृत्व क्षमता भएकालाई मात्र प्रधानाध्यापक बनाउन सिफारिस गरेको छ । 

सामुदायिक विद्यालयको गुणस्तर सुधार्न सक्षम प्रधानाध्यापक र योग्य शिक्षकको आवश्यकता रहेको प्रतिवेदनमा उल्लेख छ । 

आयोगको सिफारिसअनुसार अब कम्तीमा ५ वर्ष शिक्षण अनुभव भएकाले मात्र प्रधानाध्यापक हुन पाउँछन् । 

यसका लागि शिक्षक सेवा आयोगले लिने नेतृत्व परीक्षणको परीक्षा अनिवार्य उत्तीर्ण हुनुपर्नेछ । यसरी नियुक्त प्रअका लागि विशेष सुविधा र विद्यालय सञ्चालनको प्राज्ञिक व्यवस्थापनको स्वायत्तता दिन लागिएको छ ।

 आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा प्रअलाई शिक्षकभन्दा छुट्टै प्राज्ञिक नेतृत्वका रूपमा विकास गर्न सुझाइएको हो । प्रअले कक्षाकोठामा पढाउनेभन्दा पनि शैक्षिक र प्रशासनिक गतिविधिमा ध्यान दिनुपर्नेमा जोड दिइएको छ । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्