०८ असार २०८३, सोमबार

ग्याँस सिलिन्डर पड्किदा १४ लाखको क्षति

ग्याँस सिलिन्डर पड्किदा १४ लाखको क्षति

इलाम– इलाम नगरपालिका ७ स्थित सुन्तला बारीमा आज बिहान आगलागी हुँदा १४ लाख रुपैयाँ बराबरको क्षति भएको छ । मनबहादुर गुरुङको घरमा बिहान करिब साढे ६ बजे आगो लागेको हो । 

घरमा आगलागी हुँदा ग्याँस सिलिन्डर पड्किएको इलाम प्रहरीले जनाएको छ । उनको घरमा भाडामा बस्ने रत्नमाया सम्सुहाङ लिम्बुको खानापकाउने ग्याँस पड्किएको हो । धनमाल जले पनि मानविय क्षति भने भएको छैन । 

आगलागीबाट भूइँतला पक्की माथि टिनको भएको घर पूर्ण रुपमा जलेको छ । आगो इलाम नगरपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा निभाइएको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्