भारतको राजस्थानस्थित कोटा शहरका एक दर्जीका छोरा सदाव हुसेनले सीए परीक्षा टपेर सबैलाई चकित बनाइदिएका छन् ।
कपडा सिलाइको काम गर्ने उनका बुवाआमा सामान्य लेखपढ मात्र हुन् । बुवाले कक्षा १० र आमाले कक्षा ६ सम्म मात्र पढेका छन् ।
आमाबुवाले रातदिन मेहेनत गरेर सदावलाई सीए पढाएका हुन् ।
बुवाआमाको मेहेनतको इज्जत राखेका सदावले यसलाई आफ्नो परिवारको अहिलेसम्मकै ठूलो उपलब्ध भने । 'यो हाम्रो घरको अहिलेसम्मकै ठूलो उपलब्धि हो,' नतिजा प्रकाशित भएपछि उनले भने ।
सदावलाई कांग्रेस आईका अध्यक्ष राहुल गान्धीले पनि बधाई दिएका छन् ।