२९ असार २०८३, सोमबार

अमेरिका र तालिबानबीच वार्तामा महत्त्वपूर्ण प्रगति, होला युद्धविराम ?

अमेरिका र तालिबानबीच वार्तामा महत्त्वपूर्ण प्रगति, होला युद्धविराम ?

काठमाडौं —  अमेरिका र तालिबानबीच अफगानिस्तानमा १७ वर्षदेखि चलिरहेको संघर्ष अन्त्य गर्नका लागि भएको वार्तामा महत्त्वपूर्ण प्रगति भएको अमेरिकी प्रतिनिधि जलमय खलीलजादले बताएका छन् । 

खलीलजादले धेरै जानकारी नदिएपनि लगातार अनेकों ट्वीट गरेर कतार विगत ६ दिनमा जति परिणाम आए, त्यति कहिले पनि आएका थिएनन् । 

उनले आफू अफगान सरकारका अधिकारीहरूसँग चर्चाका लागि काबुल गइरहेको बताए । यसअघि तालिबान सूत्रहरूले दुवै पक्षले सम्झौताको मस्यौदालाई अन्तिम रूप दिएको बताएका थिए । 

सूत्रहरूका अनुसार, यस सम्झौतामा विदेशी सैनिक अफगानिस्तानबाट फर्किने र अल–कायदा वा इस्लामिक स्टेट जस्ता अतिवादी समूहलाई अफगानिस्तानमा अड्डा बनाउन नदिने जस्ता कुरा संलग्न छन् । 

खलीलजादले तालिबानसँग वार्ता जारी रहने र अहिलेसम्म केही पनि तय नभएको बताए । 

तालिबानले अहिलेसम्म अफगान अधिकारीसँग सीधै वार्ता गर्न अस्वीकार गरेको छ । तालिबानले अफगान अधिकारीहरूलाई कठपुतली भनेर उडाउने गरेको छ । 

तालिबानले अमेरिकी सैनिकहरू अफगानिस्तानबाट जाने पक्का मिति निश्चित भएपछि सरकारसँग सम्झौताको कुरा शुरू हुने बताएको छ । 

सम्झौतामा हस्ताक्षर गरेको १८ महिनामा विदेशी सैनिकहरू फिर्ता जानुपर्ने कुरा पनि सम्झौताको मुख्य बुँदामा परेको रोयटर्स समाचार संस्थाले तालिबान सूत्रलाई उद्धृत गर्दै लेखेको छ । 

यसको बदलामा तालिबानले अल कायदा र इस्लामिक स्टेटलाई अमेरिकामाथि आक्रमण गर्नका लागि अफगानिस्तानमा अड्डा बन्न नदिने आश्वासन दिएको छ । 

रोयटर्सको रिपोर्टअनुसार, दुवै पक्षले कैदीबन्दी साटफेर गर्ने सहमति पनि गरेका छन् । अनि केही तालिबान नेताहरूमाथि लगाइएको यात्रा प्रतिबन्ध पनि हटाइनेछ । 

अफगान राष्ट्रपति अशरफ गानीले तालिबान युद्धविराममा सहमत भएमा अनि उसले देशको संविधान मानेमा उसलाई राजनीतिक दलको मान्यता दिइनेछ । 

सन् २०१८ को डिसेम्बरमा अमेरिकाले आफ्ना सात हजार सैनिक फिर्ता लैजाने योजना बनाइरहेको खबर आएको थियो । यो अफगानिस्तानमा रहेका कुल अमेरिकी सैनिकको आधा संख्या हो । 

विश्लेषकहरूले चाहिँ यसरी सैनिक फिर्ता लाँदा तालिबानले आफ्नो जीतका रूपमा प्रचार गर्न सक्ने चेतावनी दिएका छन् । 

डेढ करोड मानिस अर्थात् अफगानिस्तानको आधा जनसंख्या तालिबान नियन्त्रित इलाकामा बस्ने गरेको र हरेक दिनजसो तालिबान आक्रमण हुने गरेको अनुमान गरिएको छ ।

बीबीसीबाट
 

salt training

कमेन्ट गर्नुहोस्