२९ जेठ २०८३, शुक्रबार

गौतमलाई शहीद घोषणा गरी सम्मानपूर्वक अन्तेष्टी गर्ने प्रधामनन्त्री प्रचण्डको प्रतिवद्धता

कात्तिक २०, २०७४
गौतमलाई शहीद घोषणा गरी सम्मानपूर्वक अन्तेष्टी गर्ने प्रधामनन्त्री प्रचण्डको प्रतिवद्धता
काठमाडौं २७ फागुन– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलका जबानद्वारा हत्या गरिएका गोविन्द गौतमलाई शहीद घोषणा गर्ने बताएका छन् ।

कञ्चनपुर घटनाको बिषयलाई लिएर ज्ञापनपत्र बुझाउन गएका कञ्चनपुरका राजनीतिक दलका कार्यकर्तासँगको भेटमा प्रधानमन्त्री प्रचण्डले गौतमलाई शहीद घोषणा गरी सम्मानपूर्वक अन्तेष्टी गर्ने बताएका हुन् ।

‘कञ्चनपुर घटनालाई सरकारले गम्भीर मात्र होइन धेरै सम्वेदनशीलताकासाथ लिएको छ । स्थिती सामान्तकरण गर्न कोशिष गरिरहेको छ’ प्रचण्डले भने, ‘गोविन्द गौतमलाई शहीद घोषणा गर्ने निधो र तत्काल दश लाख दिने निर्णय भइसकेको छ । मृतकका बालकच्चाको पठक पाठनको व्यबस्था राज्यले गर्ने निर्णय भर्खरै भयो ।’

भारतीयले हत्या गरिएका गौतमलाई सम्मान पूवर्कक अन्तेष्टी गर्ने समेत प्रचण्डले प्रतिबद्धता जनाए । प्रधानमन्त्रीले गोलिकाण्डमा संलग्नलाई कार्वाह ीगर्न कुटनीतिक पहल भइरहेको भन्दै सीमामा तनाव नबढाउन आग्रह गरेका छन् । ‘तनाव बढाउने गरेर सीमामा भन्दा अन्यत्र विरोध गर्नु होला’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्