०६ साउन २०८३, बुधबार

प्रचण्डपत्नी सीता दाहालको स्वास्थ्यमा सुधार, आईसीयूबाट जनरल वार्डमा सारियो

प्रचण्डपत्नी सीता दाहालको स्वास्थ्यमा सुधार, आईसीयूबाट जनरल वार्डमा सारियो

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहालको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ ।

भाइरल ज्वरोका कारण यही माघ ६ गतेदेखि ललितपुरको सुमेरु अस्पतालको आईसीयूमा उपचाररत दाहालको स्वास्थ्यमा सुधार आएपछि आइतवार जनरल वार्डमा सारिएको अध्यक्ष प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

'नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष कमरेड प्रचण्डकी जीवनसंगिनी सीता दाहालको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । माघ ६ गतेदेखि ललितपुरस्थित सुमेरु अस्पतालमा भाइरल ज्वरोको उपचार गराइरहनुभएको उहाँको स्वास्थ्यमा सुधार आएपछि आज दिउँसो १ बजे आईसीयूबाट जनरल वार्डमा सारिएको छ । उपचारमा संलग्न चिकित्सक डा. अशोक शर्माका अनुसार जनरल वार्डमा २४ घण्टा निगरानीपश्चात उहाँलाई डिस्चार्ज गर्न सकिने छ,' प्रचण्डको निजी सचिवालयले भनेको छ ।

salt training

कमेन्ट गर्नुहोस्