०३ असार २०८३, बुधबार

पत्रकारलाई प्रहरीले लात्ताले हान्यो

पत्रकारलाई प्रहरीले लात्ताले हान्यो
फाइल तस्बिर

काठमाडौं– स्वतन्त्रतापूर्वक समाचार संकलनमा रहेका पत्रकारलाई प्रहरीले हातपात र दुव्र्यवहार गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

आइतबार दिउँसो काठमाडौंको भृकुटीमण्डपमा नेपाल विद्यार्थी संघले निकालेको विरोध प्रदर्शनका क्रममा प्रहरीले विद्यार्थीहरुलाई नियन्त्रणमा लिँदै गर्दाको तस्बिर तथा भिडियो खिचेको भन्दै हिमशिखर टेलिभिजनका विनोद कट्वाललाई प्रहरीले हातपात गर्दै लात्ताले हानेर धकेलेको थियो । 

यस्तै  नयाँ पत्रिका दैनिकका अमुल थापा, नागरिक दैनिकका विजय गजमेर, नेपाल समाचारपत्रका उज्वल डंगोल र पहिलो पोष्टका सार्थक रन्जितलाई पनि प्रहरीले दुव्र्यवहार गरेको जनाइएको छ । 
प्रहरीले कसको अनुमतिमा तस्बिर खिचेको भन्दै पत्रकारलाई हातपात तथा दुव्र्यवहार गरेका थिए ।

 स्वतन्त्रतापूर्वक पेशागत जिम्मेवारी वहन गरिरहेका पत्रकारमाथि प्रहरीले गरेको यो ज्यादती प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको नेपाल पत्रकार महासंघले आजै एक विज्ञप्तिमार्फत ठहर गरेको छ । 
महासंघले  प्रहरीबाट भएको यस्ता ज्यादतीले पत्रकारको सुरक्षास्थिति थप चुनौतीपूर्ण बनेको महासंघको ठहर गरेको छ । 

 महासंघले प्रहरीद्वारा भएको यो घटनाको कडा भत्र्सना गर्दै  प्रेसलाई निर्वाधरूपमा समाचार संकलनको वातावरण बनाउन र यस्ता घटना नदो¥याउन सरकारको ध्यानाकर्षण गराएको छ । 

salt training

कमेन्ट गर्नुहोस्