०२ साउन २०८३, शनिबार

हातखुट्टा बाँधिएको अवस्थामा मृत फेला परेका दुगडको दाहसंस्कार

हातखुट्टा बाँधिएको अवस्थामा मृत फेला परेका दुगडको दाहसंस्कार

झापा– हातखुट्टा बाँधिएको अवस्थामा शनिवार मृत फेला परेका मनषा सिमेन्ट उद्योग भद्रपुरका व्यवस्थापक कमलसिंह दुगडको आज दाहसंस्कार गरिएको छ । 
बैसठ्ठी वर्षीय भारतीय दुगडको शव मेची अञ्चल अस्पातल भद्रपुरमा शव परीक्षणपछि परिवारको जिम्मा लगाइएको थियो । 
भारतको पटना, विशाखा निवासी दुगडका छोरा लोकेश र श्रीमती जयश्रीले शव बुझ्दै भद्रपुरस्थित मेची नदीमा दाहसंस्कार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

दुगडको के–कारणले कसले हत्या ग¥यो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भीम ढकालले बताए । 
उनका  अनुसार अहिलेसम्मको प्रारम्भिक प्रहरी अनुसन्धानबाट उनको हत्या सिरानीले थिचेर गरेको देखिन्छ । घटनास्थलबाट प्रहरीले मृतक दुगडसँग रहेको भारतीय एक लाख पाँच हजार रुपैयाँ फेला पारेको छ ।

यसैबीच पूर्वप्रहरी हवल्दार देवकुमार श्रेष्ठको हत्यामा संलग्न एक व्यक्ति पक्राउ परेका छन् । 

पक्राउपर्नेमा भारत खरखट्टीया निवासी ३५ वर्षीय मजवुर आलम रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

तत्कालीन पृथ्वीनगर– ८ निवासी ५० वर्षीय श्रेष्ठको विसं २०७१ चैत ३० गते राति डाका समूहले गोली प्रहार गरी हत्या गर्दै घरबाट एक लाख ८० हजार र १० तोला सुन लुटेर लगेका थिए । 
सो समयमा डाका समूहले गाउँमा हवाई फायर र बमसमेत विष्फोट गराएका थिए । पक्राउ परेका आलमलाई जिल्ला अदालत झापामा पेस गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक ढकालले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्