
काठमाडौं– यूएईको दुबइमा जारी एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको अन्तिम खेलमा सोमबार नेपाल र यूएईले प्रतिस्पर्धा गर्दैछन् । खेल नेपाली समय अनुसार बिहान ११ बजेर १५ मिनेटमा शुरु हुने छ ।
आजको खेलमा दुइै टोली जितको खोजिमा हुनेछन् । यसअघि नेपाल र यूएईले एक एक खेल जितेका छन् । पहिलो खेलमा यूएईसँग नेपाल तीन विकेटले पराजित भएको थियो । तर, दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले युएईलाई १४५ रनले पराजित गरेको थियो ।
सोमबार सिरिजको अन्तिम खेलमा पनि दोस्रो खेलको जस्तै नतिजा निकाल्ने लक्ष्यमा नेपाली टोली छ । यूएईलाई पराजित गर्दै सिरिज जितेमा नेपालको लागि यो ऐतिहासिक सिरिज हुनेछ ।