२९ जेठ २०८३, शुक्रबार

सुन तस्करी र हत्या मुद्दा अब एकै इजलासमा

सुन तस्करी र हत्या मुद्दा अब एकै इजलासमा

विराटनगर– सुन तस्करी र सनम शाक्य हत्या मुद्दा अब एकै इजलासमा हेरिने भएको छ । छुट्टाछुट्टै हेरिँदा विवाद बढेपछि यो मुद्दाको पेसी २५ पटकसम्म सरिसकेको छ । उच्च अदालतका रजिस्ट्रार नारायणप्रसाद रेग्मीले अब एकै इजलासले निरन्तर हेर्ने र आदेश पनि एकसाथ गर्ने तयारी भएको बताए ।

उनका अनुसार कामु मुख्य न्यायाधीश शिवराज अधिकारी र हरिप्रसाद बगालेको इजलासले सुन मुद्दालाई नफुटाउने गरी एउटै इजलासमा राख्न आदेश दिएको छ । कामु मुख्य न्यायाधीश अधिकारी हेटौंडा उच्च अदालतबाट विराटनगर सरुवा भएका हुन् ।

न्यायपरिषद्ले काज सरुवा गरेका न्यायाधीशहरू उमेशकुमार सिंह, सारंगा सुवेदी, उमेशराज पौडेल, नागेन्द्रलाभ कर्ण र थीरबहादुर कार्कीको स्थानमा लेखनाथ सिंह, रामप्रसाद अधिकारी, शेखरप्रसाद पौडेल र महेश शर्मा पौडेललाई खटाइएको छ । यो मुद्दाका आरोपितमाथिको निवेदन व्यवस्थापन र सुनुवाइका क्रममा विवादमा परेका तत्कालीन मुख्य न्यायाधीश कुलरत्न भुर्तेलसहित ६ न्यायाधीश न्यायपरिषद् सचिवालयमा तानिएका थिए ।

स्रोतका अनुसार मुद्दा एकमुष्ट नहेरी फरक–फरक इजलासमा बाँडिएको अनि कतिपय निवेदन व्यवस्थापनका क्रममा प्रमाण परीक्षणका आधारभूत सिद्धान्तसमेत उल्लंघन गरिएको भेटिएको छ । बेग्लाबेग्लै इजलासमा पेसी तोकिँदा न्यायाधीशअनुसार आदेश आएको र थुनामै राखेर मुद्दाको सुनुवाइ हुनुपर्ने कतिपय आरोपितलाई छाडिए पनि त्यसमा पर्याप्त आधार र कारण देखिँदैन । 

फरक–फरक इजलासमा राखेपछि त्यति बेलै न्यायाधीश र कानुन व्यवसायीबीच मतभेद बढेको थियो। कानुन व्यवसायीले केही समय अघोषित रूपमा ‘इजलास बहिष्कार ’ समेत गरेका थिए । उनीहरूले बार एसोसिएसनमार्फत २२ बुँदे सुझावसहित मुख्य न्यायाधीशको ध्यानाकर्षण गराएका थिए ।, कान्तिपुरमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्