२६ जेठ २०८३, मंगलबार

वीरेन्द्रनगरमा फागुन तीनदेखि कर्णाली महोत्सव

वीरेन्द्रनगरमा फागुन तीनदेखि कर्णाली महोत्सव

सुर्खेत– कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा फागुन तीनदेखि ११ गतेसम्म कर्णाली महोत्सव हुने भएको छ । सुर्खेत चेम्बर्स अफ कमर्शले महोत्सवको आयोजना गर्न लागेको अध्यक्ष चिन्तामणि शर्माले जानकारी दिए ।

दश करोड बढीको कारोबार हुने लक्ष्य राखेको आयोजकले पाँच लाख जति महोत्सवबाट आम्दानी हुने आंकलन गरेको उनको भनाइ छ । ‘महोत्सवमा करिब दुई लाख दर्शक आउने छन् भने दश करोड भन्दा बढीको कारोबार हुने हाम्रो अनुमान छ ।’ उनले भने, ‘तर आम्दानी भने पाँच लाख हुने हाम्रो अपेक्षा छ ।’ 

अध्यक्ष शर्माले नाफा भएको रकमबाट वीरेन्द्रनगर नगरपालिकाले तोकेको स्थानमा रु पाँच लाख बराबरको सार्वजनिक शौचालय निर्माण गरिदिने बताए । ‘हामी पाँच लाख बराबरको नगरपालिकाले भनेको स्थानमा सार्वजनिक शौचालय बनाउने तयारी गरिरहेका छौं ।’ उनले भने, ‘त्यो काम हामी महोत्सव सकिएको एक महिना भित्र सुरु गर्नेछौं ।’ उनले हुम्ला बाहेकका सबै प्रदेशका जिल्लाका चेम्बर्स आफ कमर्शका शाखाहरुले उत्साहजनक तवरबाट सहभागिता जनाउने दाबी गरे ।

salt training

कमेन्ट गर्नुहोस्