
काठमाडौं – नेपालको पे टीभी इन्डस्ट्रीमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको डिश मिडिया नेटवर्क लिमिटेडले नयाँ कनेक्सन जडान गर्ने ग्राहकको लागि नेपालमा नै सबैभन्दा सस्तो मुल्यको मासिक मूल्यमा आफ्नो सेवा प्रदान गर्न शुरू गरेको छ ।
डिश होमले बजारकै सबैभन्दा कम मूल्यको विभिन्न प्याकेज प्रदान गरेको छ ।
प्याकेज अन्तर्गत बाबाआमा, गृहिणी र बच्चाका लागि उपयुक्त च्यानल भएको बेसिक प्याकेजको २५० रुपैयाँ, खेलकुद प्रेमीका लागि लक्षित खेलकुदको सम्पूर्ण एचडी च्यानल समावेश भएको मिडियम प्याकेजको ३०० रुपैयाँ, सम्पूर्ण एसडी र उत्कृष्ट एचडी च्यानलहरू भएको सुपर एचडी प्याकेज ३५० रुपैयाँ र सम्पूर्ण एचडी तथा एसडी च्यानल भएको प्रिमिएम एचडी प्याकेज ४०० रुपैयाँ प्रतिमहिनामा उपलब्ध गराएको छ ।
माघ १० गतेबाट नयाँ एक्टिभेसनमा योजना लागू हुनेछ । यो मितिभन्दा अगाडि नै डिशहोम जडान गरेका ग्राहकले समेत वार्षिक रिचार्ज गरी माथि उल्लेखित मासिक मूल्यमा यो सेवा प्राप्त गर्न सक्ने छन् र यो सेवा डिश होमका आधिकारिक बिक्रेतासँग उपलब्ध छ ।
नेपालको एक मात्र स्याटेलाइट प्रविधिमा आधारित डीटीएच सेवा प्रदायक डिश होम ग्राहकको रोजाइ अनुसारको उत्कृष्ट तथा गुण्स्तरीय सेवा प्रदान गरिरहेको छ । पिक्चर क्वालिटिमा सबैभन्दा गुणस्तरीय सेवा प्रदान गरिरहेको डिश होम १६ लाखभन्दा बढी परिवारले प्रयोग गरिरहेका छन् ।
रमाइलो टीभी, एक्सन स्पोर्टस्, प्लस मुभीजस्ता आफ्नै च्यानलहरुले पनि डिशहोमको लोकप्रियता वढाउनको लागि महत्वपुर्ण भुमिका खेलेका छन् । नयाँ रिलिज नेपाली सिनेमा घरमा नै बसि हेर्न पाउने सुविधा पनि डिशहोमले नेपालमै पहिलो पटक भित्र्याएको छ । यसैगरी चौविसै घण्टा सञ्चालन हुने स्वचालित ग्राहक सेवा केन्द्र, ग्राहकले आफैं सेवा लिन सक्ने मोबाइल एप र नेपालको कुनै पनि गाउँपालिका तथा नगरपालिका र त्यसभित्रका हरेक वडामा बिक्रीपछिको सेवाप्रदान गर्न सक्ने क्षमता समेत डिश होममा रहेको छ ।
नेपालको पे टीभी इन्डस्ट्रीमा सबैभन्दा ठूलो बजार हिस्सा ओगटेको डिशहोम नेपालको अग्रणी पब्लिक कम्पनीमध्ये पर्दछ । दीर्घकालीन व्यवसाय, ग्राहकलाई गुणस्तरीय सेवा र हरेक नेपालीलाई सूचना तथा मनोरञ्जन प्रदान गर्ने लक्ष्य लिएको डिशहोम आगामी दिनमा यस्तै बजारमुखी सेवाहरू थप गर्दै जाने योजनामा छ ।