
काठमाडौं - गुलाम सब्बीर र मोहम्मद उस्मानबीचको साझेदारी सन्दीप लामिछानेले तोडेपछि यूएईको पारी फेरि एकपटक धर्मराएको छ ।
२ रनमा २ विकेट गुमाएको स्थितिमा जोडिएको ४५ रनको साझेदारी सन्दीपले सब्बीरलाई आउट गर्दै तोडेका हुन् । त्यसपछिको अर्को ओभरमा कप्तान पारस खड्काले उस्मानलाई आउट गरे ।
यो समाचार तयार पार्दासम्म यूएईले २४ ओभरमा ४ विकेट गुमाएर ५९ रन जोडेको छ । नेपालका लागि सन्दीप र पारसका अलावा सोमपाल कामी र करण केसीले पनि १-१ विकेट लिएका छन् ।
यूएईका प्रारम्भिक ब्याट्सम्यानद्वय अस्फाक अहमद र चिराग सुरी रनको खाता नै नखोली आउट भए भने उस्मानले २६ र सब्बीरले १८ रन जोडे ।
तीन एक दिवसीय खेलको सिरिजमा यसअघि दुवै टोलीले १-१ खेल जितेका छन् ।
पहिलो खेल यूएईले ३ विकेट तथा दोस्रो खेल नेपालले १४५ रनले जितेका थिए ।
यसपछि दुवै टोलीबीच ३ टी-ट्वान्टी खेलको श्रृंखला हुनेछ ।