
काठमाडौं, २७ फागुन - केही दिन यता देशभरको मौसममा बदली देखिएको छ । विहीवारदेखि काठमाडौं उपत्यका लगायतका क्षेत्रमा पनि बदली देखिएको छ ।
पश्चिमी वायुको प्रभावले देशको पश्चिमी भेगबाट सुरु भएको बदली विस्तारै उपत्यका तथा पूर्वी भेगमा सरिरहेको छ ।
आज काठमाडौं सहित देश भर बादल लागिरहेको छ भने हल्का वर्षा पनि भइरहेको छ । पश्चिमतिर तुलनात्मक रुपमा बढी पानी परेको छ ।
भोलिपनि मौसम यस्तै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाका बैज्ञानिक बरुण पौडेलले बताए । उनका अनुसार भोलि पनि काठमाडौं सहितका देशका पूर्वीभागमा हल्का वर्ष हुने सम्भावना छ ।
मौसममा आएको परिवर्तको कारणले नेपाल र केन्याबीच भोलि हुन थालेको क्रिकेट प्रतियोगिता प्रभावित हुने सम्भावना बढेको छ । दिनभर पानी परेमा नेपाल र केनया बीचको खेल प्रभावित हुनेछ ।
यो मौसमी परिवर्तनले हिमपात समेत हुने उनले बताए । आइतवारदेखि चाहिँ मौसम सफा हुने उनले बताए । गर्मी बढ्ने समय सुरु भएकोले मौसममा परिवर्तन भएको हो ।