२७ जेठ २०८३, बुधबार

प्रदेश सभामा निर्वाचित दीपक मनाङेलाई शपथ गराइँदै

माघ १४, २०७५
प्रदेश सभामा निर्वाचित दीपक मनाङेलाई शपथ गराइँदै

पोखरा – प्रदेशसभा सदस्यमा निर्वाचित भएर पनि आपराधिक मुद्दाका कारण सांसदको भूमिकामा नरहेका राजीव गुरुङ ‘दिपक मनाङे’लाई शपथ गराइने भएको छ ।

गण्डकी प्रदेशसभा सचिवालयले सोमवारै साँझ मनाङेको शपथको तयारी गरिरहेको सभामुख नेत्रनाथ अधिकारीले बताए । उनका अनुसार अहिले केहीबेरमा मनाङेले शपथ गर्नेछन् ।

मनाङ जिल्लाको प्रदेशसभा २ बाट निर्वाचित मनाङेले थुनाबाट रिहा भएलगत्तै सांसदको शपथ गराउन प्रदेश सभामा निवेदन दिएका थिए ।

मनाङेले ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा थुनामा रहेकाले शपथ खान पाएका थिएनन् । कैलालीबाट निर्वाचित रेशम चौधरीले थुनामा रहेकै बेला शपथ खाएपछि मनाङेको शपथलाई सबैले चासोका साथ हेरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्