२२ जेठ २०८३, शुक्रबार

दुर्घटनामा मृत्यु भएका सशस्त्रका एसपीको अन्तिम संस्कार गरियो

दुर्घटनामा मृत्यु भएका सशस्त्रका एसपीको अन्तिम संस्कार गरियो

काठमाडौं– दुर्घटनामा परी निधन भएका सशस्त्र प्रहरी बल १२ नं गणका प्रहरी उपरीक्षक (एसपी) बलराम पोखरेलको आज अन्त्येष्टि गरिएको छ । 

एसपी पोखरलेको पशुपति आर्यघाटमा हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता एवं प्रहरी नायब महारीक्षक सुरजकुमार श्रेष्ठले जानकारी दिए । 
अन्त्येष्टिका क्रममा स्व पोखरेलप्रति सशस्त्र प्रहरी बलको एक टुकडीले अन्तिम सलामी अर्पण गरेको थियो । पोखरेलको शव आइतबार राजधानी ल्याइएको थियो । श्रद्धाञ्जलिका लागि पोखरेलको शव ढुङ्गेधारास्थित निवासमा राखिएको थियो । आजै गृहमन्त्री रामबहादुर थापा, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललगायत उच्च प्रहरी अधिकारीले निवासमै पुगेर स्व पोखरेलप्रति श्रद्धाञ्जलि व्यक्त गरे । 

कर्मचारी मिलन केन्द्र बाराले आयोजना गरेको वनभोज कार्यक्रममा सहभागी भएर फर्कने क्रममा शनिबार राति प्रहरी उपरीक्षक पोखरेल चढेको जिप दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा परी बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईसमेत घाइते भएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्