२६ जेठ २०८३, मंगलबार

६७ ट्याक्सी चालक प्रहरीको फन्दामा

माघ १४, २०७५
६७ ट्याक्सी चालक प्रहरीको फन्दामा

काठमाडौं– महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न बहानामा यात्रुलाई ठग्ने ट्याक्सीविरुद्धको कारबाहीलाई तीव्रता दिएको छ । 

आज मात्रै उपत्यकाका विभिन्न स्थानबाट कानून विपरीतका कार्य गरी यात्रु ठग्ने ६७ ट्याक्सी चालकलाई कारबाही गरेको महाशाखाले जनाएको छ । महाशाखाबाट खटिइएका टोलीले यात्रुसँग बार्गेनिक गर्ने १० र यात्रु लिन इन्कार गर्ने ४० वटा ट्याक्सीलाई कारबाही गरेको ट्राफिक प्रहरी प्रवक्ता जयराज सापकोटाले जानकारी दिए । 
त्यस्तै महाशाखाअन्तर्गतका विभिन्न युनिटले १७ वटा ट्याक्सीलाई कारबाही गरेको उनले जानकारी दिए । 

ट्राफिक प्रहरीले यात्रुसँग भाडा बार्गेनिङ गर्ने ट्याक्सी चालकलाई ‘हाउमच’ अभियान सञ्चालन गरेरै कारबाही गर्ने गरेको छ । हाउमच अभियानमा कारबाहीमा पर्ने ट्याक्सी चालकलाई प्रत्येक पटक प्रहरीले रु तीन हजार जरीवाना गर्ने गरेको छ । 

मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटरसमेत समयमा नबनाउने ट्याक्सी चालकलाई भने रु ५०० देखि रु एक हजार ५०० सम्म जरिवाना गर्ने गरिएको प्रवक्ता सापकोटाले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्