०४ साउन २०८३, सोमबार

पूर्वयुवराज पारसको स्वास्थ्य सुधारोन्मुख

पूर्वयुवराज पारसको स्वास्थ्य सुधारोन्मुख

काठमाडौं– पूर्वयुवराज पारस शाहको नर्भिक अस्पातालमा उपचार भइरहेको छ । सोमबार हृदयघात भएपछि उनलाई अस्पताल लगिएको थियो । उनको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । 

नर्भिक अस्पातालका अनुसार शाहको अवस्था स्थिर छ । तर, खतरामुक्त भने छैन । उनी केही दिन अस्पतालमै रहने जनाइएको छ । छातीमा पीडाको महसुस भएपश्चात् शाहलाई सोमबार अपराह्न ४ः१५ बजे नर्भिकको आकस्मिक कक्षमा पु¥याइएको थियो ।

उनको मुटुको धमनी पूर्णरुपमा बन्द रहेको पाइएको थियो । धमनीको अवरोध खुलाउन कोरोनरी एन्जियोप्लाष्टी तथा स्टेन्ट प्रत्यारोपण कार्य सफलतापूर्वक सम्पन्न भई उनलाई सीसीयूमा सारिएको अस्पतालले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्