०३ असार २०८३, बुधबार

३० जना नागरिक अगुवाद्वारा कञ्चनपुर घटनाको निन्दा

कात्तिक २०, २०७४
३० जना नागरिक अगुवाद्वारा कञ्चनपुर घटनाको निन्दा
काठमाडौं, २७ फागुन - नागरिक अगुवाहरूले हिँजो भएको कञ्चनपुर घटनाको निन्दा व्यक्त गरेका छन् । भारतीय सिमा सुरक्षा बल एसएसबी को फौज अनाधिकृत र जवरजस्ती नेपाल प्रवेश गरेर नेपाली नागरिकमाथि गोली प्रहार गरेको भन्दै उनीहरूले आपत्ती जनाएका हुन् ।

उनीहरुले भारतीय ज्याजती विरुद्ध नेपाल सरकारले कडा शव्दमा स्पष्ट रुपमा विरोध जनाउनुपर्ने माग गरेका छन् । शारदा झा, सुर्यराज आचार्य, भरत दाहाल, आनन्दराम पौडेल लगायतका ३० जना अगुवाले भारतीय ज्याजतिको विरोध गरेका हुन् ।

भारतीय सुरक्षाकर्मीको गोली लागेर ज्यान गुमाएका गोविन्द गौतमको परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने समेत उनीहरूले बताएका छन् । भारतले लामो समयदेखि नेपाली सिमा क्षेत्रमा अत्याचार गरेको बताउँदै उनीहरुले सिमानाको बिवाद सधैंका लागि अत्य गर्नुपर्ने बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्