०८ असार २०८३, सोमबार

मनाङमा भारी हिमपात, जनजीवन प्रभावित

कात्तिक २०, २०७४
मनाङमा भारी हिमपात, जनजीवन प्रभावित
मनाङ, २७ फागुन – नेपालकै महत्वपूर्ण मानिएको अन्नपूर्ण पदमार्ग यतिखेर हिउँले सेताम्मे भएको छ ।

गत मङ्गलबारदेखि हिउँ पर्न सुरु भए पनि मनाङको एक दुई स्थानमा हल्का देखिएको थियो । तर बिहीबारको हल्का वर्षासँगै भएको हिमपातले आज मनाङ जिल्ला पूरै प्रभावित भएको छ ।

हिमपातका कारण यस क्षेत्रमा सवारी साधन चलेका छैनन् भने मानिस घरभित्रै बस्न बाध्य भएका छन् ।

यसरी निरन्तर रुपले हिमपात हुँदा आन्तरिक तथा बाह्य पर्यटकसमेत अलपत्र परेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्