१० साउन २०८३, आइतबार

शिक्षण अस्पताल पुगेर देउवाले भेटे डा. केसी

शिक्षण अस्पताल पुगेर देउवाले भेटे डा. केसी

काठमाडौं - चिकित्सा शिक्षा क्षेत्रमा सुधारका विभिन्न माग सहित अनशनरत डा. गोविन्द केसीसँग कांग्रेस सभापति शेरबहादुर देउवाले भेटेका छन् ।

शिक्षण अस्पतालस्थित केसीको अनशन स्थलमा पुगेर देउवाले केसीको स्वास्थ्य अवस्थाबारे  जानकारी लिएका हुन् ।

देउवा कांग्रेस युवा नेता गगन थापासहित केसीलाई भेट्न शिक्षण अस्पताल पुगेका थिए ।

गत पुस २५ गतेबाट शुरू भएको केसीको अनशन २३औं दिनमा चलिरहेको छ ।

१५औं अनशन टुंग्याउने क्रममा आफूसँग गरेका सहमति तोडमोड गरी चिकित्सा शिक्षा विधेयक ल्याएको भन्दै डा. केसीले अनशन शुरू गरेका हुन् ।

यद्यपि उक्त विधेयक संघीय संसद्का दुवै सदनबाट पारित भइसकेको छ ।

बिहीवार राष्ट्रिय सभाबाट समेत पारित भएको उक्त विधेयकले राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि ऐनको रूप लिनेछ । 

salt training

कमेन्ट गर्नुहोस्