३१ असार २०८३, बुधबार

भोलिदेखि ‘सप्तरंगः म्युजिकल जर्नी’, कलाकारदेखि खेलाडीसम्मको प्रस्तुति

भोलिदेखि ‘सप्तरंगः म्युजिकल जर्नी’, कलाकारदेखि खेलाडीसम्मको प्रस्तुति

काठमाडौं– भोलिदेखी ‘सप्तरंगः म्युजिकल जर्नी –२०१९’ शुरु हुँदैछ । सात प्रदेशका मुख्य शहरहरुमा यो कार्यक्रम हुनेछ । 

‘ग्रिष्मा ब्रोडकास्टिङ’को आयोजनामा हुने कार्यक्रम भोलि अर्थात शुक्रबार प्रदेश १ को मुख्य शहर दमकबाट शुरु हुँदैछ । 

‘सात प्रदेश र सात हामी’ नाराका साथ हुन लागेको कार्यक्रममा गायक रामकृष्ण ढकाल, प्रमोद खरेल, पशुपति शर्मा, गायिका इन्दिरा जोशी, कमेडियन सन्दिप क्षेत्री, खेलाडी दीपक बिष्ट, मोडल अञ्जली अधिकारीले उपस्थित दर्शकलाई नचाउँने तथा हँसाउनेछन् । खेलाडी दीपकले आफ्नो खेल दर्शकलाई देखाउनेछन् ।

दमकपछि, माघ २० गते प्रदेश दुई अन्तर्गत जनकपुरमा कार्यक्रम हुनेछ । त्यस्तै माघ २२ गते प्रदेश तीन अन्तर्गत नारायणघाटमा कार्यक्रम हुनेछ । माघ २४ गते प्रदेश पाँच अन्तर्गत बुटवल, माघ २६ गते प्रदेश छ अन्तर्गत सुर्खेत, माघ २८ गते प्रदेश सात अन्तर्गत धनगढीमा कार्यक्रम हुनेछ । त्यस्तै फागुन २ गते प्रदेश ४ अन्तर्गतको कार्यक्रम पोखरामा हुनेछ । 

कार्यक्रममा उपस्थित हुनका लागि दर्शकले कुनै शुल्क तिर्नुनपर्ने आयोजकले बताएको छ । 

सातै प्रदेशका जनताविच आपसी सद्भाव र सामिप्यता बढाउन तथा प्रदेशको प्रचार प्रसार गर्नका लागि कार्यक्रम आयोजना गरिएको आजोजक संस्थाको भनाई छ । 

कार्यक्रमको संचालन नरेश भट्टराई, बिबेक खतिवडा र नम्रता सापकोटाले गर्ने जनाईएको छ ।

salt training

कमेन्ट गर्नुहोस्