
इलाम– देउमाई नगरपालिका–४ तल्लो बुधबारेका तीन समाजसेवीले उद्योग वाणिज्य सङ्घ शाखा मङ्गलबारेलाई रु ४० लाख बराबरको जग्गा दान गरेका छन् ।
लीलाबहादुर श्रेष्ठ, भीमबहादुर श्रेष्ठ र लक्ष्मी श्रेष्ठले सङ्घको भवन निर्माणका लागि एक रोपनी दुई आना जग्गा दान गरेका हुन् ।
श्रेष्ठ परिवारले दान दिएको जग्गा उद्योग वाणिज्य सङ्घ शाखा मङ्गलबारेको नाममा नामसारी गरिएको शाखाका अध्यक्ष तारा थापाले जानकारी दिए ।
उक्त जग्गामा देउमाई नगरपालिकाको सहयोगमा तत्काल भवन निर्माण थालिनेछ ।