०३ असार २०८३, बुधबार

केसीको आन्दोलनप्रति शिक्षण अस्पतालमै असन्तुष्टि

माघ १८, २०७५
केसीको आन्दोलनप्रति शिक्षण अस्पतालमै असन्तुष्टि

काठमाडौँ– पटक पटक अनशन बसेर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको सेवा प्रवाहमा डा गोविन्द केसीले अवरोध पु–याएको भन्दै अस्पतालका चिकित्सक तथा कर्मचारीहरुले असन्तुष्टि व्यक्त गरेका छन् । अनसन र अबरोधबाट अस्पतालको सेवा र प्रतिष्ठामाथिनै प्रश्न उठ्न थालेको उनीहरुको धारणा छ । 
त्रिवि शिक्षण अस्पतालका चिकित्सक, प्राविधिक, स्वास्थ्यकर्मी, नर्सलगायतले डा केसीको अनशनले सेवा प्रवाहमा अवरोध आई बिरामीहरू निजी क्षेत्रको अस्पतालमा जान बाध्य भएको बताएका छन् । 
त्रिवि शिक्षण अस्पतालमा बिहीबार आयोजित कार्यक्रममा त्रिविका प्राध्यापक डा प्रदीप ज्ञवालीले डा केसीको अनशनका कारण अस्पतालमा बिरामीलाई समस्या परेको बताए । 
उनले अनशनकै कारण अस्पताललाई करोडौँ रुपियाँ रकम घाटा भइरहेको बताए । 
 हरेक अनशनका बेला अस्पताललाई दुई करोड रुपियाँ घाटा हुने गरेको भन्दै त्रिवि अन्र्तगतकै कर्मचारी भएर सरकारको विरुद्ध लाग्नु उचित नभएको बताए । गोरखापत्र दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्