१९ असार २०८३, शुक्रबार

नेपाल-यूएई टी-ट्वान्टी : नेपाललाई १ सय ८ रनको विजयी लक्ष्य

नेपाल-यूएई टी-ट्वान्टी : नेपाललाई १ सय ८ रनको विजयी लक्ष्य

काठमाडौं- यूएईविरुद्धको दोस्रो टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपालले १०८ रनको विजयी लक्ष्य पाएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली यूएईले १९ ओभर २ बलमा अलआउट हुँदै १०७ रन जोड्यो ।

यूएईका लागि सीपी रिजवानले सर्वाधिक ४४ रनको योगदान गरे । अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

नेपालका लागि अभिनास बोहराले ३ तथा सन्दीप लामिछाने, सोमपाल कामी र करन केसीले २-२ विकेट लिए ।

यसअघि भएको पहिलो खेल यूएईले जितेको थियो ।

यूएईसँगकै एक दिवसीय क्रिकेट श्रृंखला भने नेपालले २-१ ले जितेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्