३१ जेठ २०८३, आइतबार

विश्व क्रिकेट लिग : बलर करण अस्पताल भर्ना, पारस पनि खेल्ने टुंगो छैन

कात्तिक २०, २०७४
विश्व क्रिकेट लिग : बलर करण अस्पताल भर्ना, पारस पनि खेल्ने टुंगो छैन

काठमाडौँ, २७ फागुन - अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत पाँचौ चरणको एक दिवसीय खेलमा नेपाल र केन्या भोलि आमने सामने हुदैँछन् ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा भोलि विहान नेपालले विजय लक्ष्यका साथ केन्याको सामना गर्नेछ । नेपाल र केन्याको लागि यो खेल निकै महत्वपूर्ण मानिएको छ । दुवै टोली शीर्ष चारमा रहनको लागि पनि कडा प्रतिस्पर्धा गर्नेछन् ।

यता राष्ट्रिय क्रिकेट टोलीका बलर करण केसी स्वास्थ्य समस्याका कारण बल्खुस्थित बयोधा अस्पताल भर्ना भएका छन् ।
पेट दुख्नुका साथै बान्ता भएपछि उनलाई अस्पताल भर्ना गरिएको नेपाली टोलीका टेक्निकल एनालिष्ट रमन सिवाकोटीले जानकारी दिए ।
उनले जानकारी दिए अनुसार करणलाई एपेण्डिक्स भएको कारण तत्काल अपरेसन गर्नुपर्नेछ । उनको स्थानमा कुन खेलाडीलाई बोलाउने भन्नेबारे निर्णय भइसकेको छैन । आइसीसीले स्वीकृत दिएपछि मात्र करणको स्थानमा अर्का खेलाडी ल्याइने एनालिष्ट सिवाकोटीले जानकारी दिए ।
यता कप्तान पारस खड्का पनि उक्त खेल खेल्ने या नखेल्ने भन्ने निक्योल हुन सकेको छैन । उनले तीन साता अघिमात्र एपेण्डिक्सको सल्यक्रिया गरेका थिए । कप्तान खड्काले आफु शारिरीक तथा मानसिक रुपमा तयार भएको भन्दै भोलिको खेल खेल्ने या नखेल्ने भोलि नै तय हुने बताए ।

salt training

कमेन्ट गर्नुहोस्