२८ असार २०८३, आइतबार

खाना पकाउने ग्यासमा गरिएको मूल्यवृद्वि फिर्ता लिन उपभोक्ता अधिकारकर्मीको माग

कात्तिक २०, २०७४
खाना पकाउने ग्यासमा गरिएको मूल्यवृद्वि फिर्ता लिन उपभोक्ता अधिकारकर्मीको माग

लोकान्तर संवाददाता
काठमाडौं, २७ फागुन –खाना पकाउने एलपी ग्यासमा गरिएको मूल्यवृद्विप्रति उपभोक्ता अधिकारकर्मीहरूले आक्रोस व्यक्त गरेका छन् । नेपाल आयल निगमले शुक्रवार राती १२ बजपछि लागू हुनेगरी बढाउने निर्णय गरेको खाना पकाउने ग्यासको मूल्य फिर्ता लिन उपभोक्ता अधिकारवादी संघसंस्थाले माग गरेका हुन् ।

निगमले शनिवारदेखि खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्यवृद्वि गर्ने निर्णय गरेको हो । शुक्रवारसम्म प्रतिसिलिण्डर १३ सय ५० रुपैयाँ पर्ने ग्यासको मूल्य शनिवारदेखि लागू हुनेगरी १३ सय ७५ रुपैयाँ पु-याइएको हो ।

‘ग्यासको मूल्य बढाउनु अत्यान्त निन्दनीय छ,’ मूल्यवृद्विप्रति विरोध जनाउँदै उपभोक्ता अधिकार अनुसन्धान मञ्चले भनेको छ, ‘उपभोक्ता अधिकारको विश्वव्यापी मान्यतालाई लत्याउँदै गरिएको मूल्यवृद्वि तुरुन्त फिर्ता गरिनुपर्छ ।’

मूल्यवृद्वि अवैज्ञानिक र अव्यवहारीक रहेको मञ्चको ठहर छ ।

उपभोक्ता अधिकार दिवसको पूर्वसन्ध्याहमा अत्यावश्यकीय वस्तुको मूल्यवृद्वि गरिएको भन्दै उक्त मूल्यवृद्वि तत्काल फिर्ता लिन मञ्चले निगम र आपूर्ति मन्त्रालयसमक्ष माग गरेको छ ।

निगमले यसअघि करीव १ महिनाअघि पनि खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँले वृद्वि गरेको थियो ।

हाल प्रतिसिलिण्डर ३ सय १३ रुपैयाँ घाटा रहेको निगमको भनाई छ ।

फेरि बढ्यो खाना पकाउने ग्यासको मूल्य, भोलिदेखि प्रतिसिलिण्डर १३ सय ७५

salt training

कमेन्ट गर्नुहोस्