
काठमाडाैं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदमा अवरोध नगर्ने भएको छ । सरकारले निर्णय सच्चाएकोले सदन चल्न दिने कांग्रेसले जनाएको छ ।
डा गोविन्द केसीसँग भएको सम्झौताअनुसार चिकित्सा शिक्षा विधेयक आउनु पर्ने, पूर्वप्रधानमन्त्री एवम् कांग्रेसका तत्कालिन सभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका अस्पताललाई संघीय सरकार मातहत ल्याउनु पर्ने माग गर्दै काँग्रेसले यसअघि पटकपटक संसद बैठक अवरोध गर्दै आएको थियो ।
सरकारले नियतबस कांग्रेस नेताका नाममा रहेका खारेज गर्न खोजेकाले बाध्य भएर संसद बैठक अवरोध गर्नु गरेको कांग्रेस नेताले बताए । संघीय संसद अन्तर्गतका आइतबार प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैको बैठक बस्दै छ । संसद सचिवालयका अनुसार राष्ट्रिय सभाको बैठक दिउसो एक बजे बोलाइएको छ भने प्रतिनिधि सभाको बैठक दिउसो तीन बजेपछि बस्नेगरी बोलाइएको छ ।
यसैबीच, नेपाली कांग्रेस संसदीय दलको बैठक पनि बस्दै आजै बस्दैछ । दिउसो एक बजे सिंहदरबारमा बैठक बस्न लागेको हो ।