
काठमाडौँ - नेपालले युएईलाई हराउँदै नेपालले टी २० सिरिज जित्न सफल भएको छ । युएईमा जारी सिरिजमा नेपालले अन्तिम खेलमा १४ रनले युएईलाई हराउँदै उपाधि आफ्नो हातमा पार्न सफल भएको हो ।
वर्षाका कारण खेललाई १० ओभरमा छोट्याइएको थियो । खेलमा पहिले ब्याटिंग गर्दै नेपालले युएईलाई १०५ रनको लक्ष्य दियो तर निर्धारित ओभरमा युएईले ८ विकेट गुमाएर ९० रन मात्र बनाउन सफल भयो ।
टी-२० सिरिज खेल्नुअघि नेपालले यूएईसँग तीन म्याचको एकदिवसीय श्रृखला खेलेको थियो । उक्त सिरिजमा पनि पहिलो म्याच नेपालले हार्यो, दोस्रो र तेस्रोमा उत्कृष्ट पुनरागमन गरेर सिरिज जित्न सफल भएको थियो ।