२८ जेठ २०८३, बिहीबार

पोखराको पिएन क्याम्पसमा नेविसंघ र प्रहरीबीच झडप, ४ जना घाईते

माघ २०, २०७५
पोखराको पिएन क्याम्पसमा नेविसंघ र प्रहरीबीच झडप, ४ जना घाईते

पोखरा - पोखरा महानगरपालिकाको शिक्षा शाखाको गाडीमा आगजनी गरेको आरोपमा शनिवार  पक्राउ परेका आफ्ना साथीको रिहाईको माग गर्दै नेविसंघ कास्कीले आज साँझ पृथ्बीनारायण पिएन क्याम्पसमा मसाल जुलुश जुलुसका निकाल्ने क्रममा झडप भएको छ।
बिद्यार्थीहरुले मसाल जुलुश निकाल्दै गर्दा प्रहरीले हस्तक्षेप गरेपछि दोहोरो झडप भएको हो। दोहोरो झडपमा परी नेविसंघका २ जना र २ प्रहरी घाईते भएका छन् । 

घाईते हुनेमा पशुपति भट्टराई र फिरोज सुवेदी रहेका छन् । उनीहरुको फिस्टेल अस्पतालमा उपचार भैरहेको छ भने प्रहरीको तर्फबाट घाईते भएकाको पनि उपचार भैहरेको छ । उनीहरुको अवस्था सामान्य छ ।
बिद्यार्थीहरुले काँग्रेसले सोमबार गर्न लागेको देशब्यापी विरोधको पूर्वसध्यामा प्रचारप्रसा  गर्न र गिरफ्ता आफ्ना साथीको रिहाईको माग जुलुस निकालेका हुन् । 

मसाल जुलुस निकाल्दा प्रहरीले गेटभित्रै पसेर आक्रमण गरेको विद्यार्थीहरुको आरोप छ । प्रहरीले भने विद्यार्थीले ढुंगामुढा गरेपछि हस्तक्षेत्र गरेको बताएको छ । 

कास्की प्रहरी प्रबक्ता डिएसपी रवीन्द्रमान गुरुङले विद्यार्थीले ढुंगामुढा गरेकै कारण प्रहरीले सामान्य प्रतिवाद गरेको बताए। 
विद्यार्थी र प्रहरीबीच लामो समय पिएन क्याम्पस गेटमा ढुंगा हानाहान भएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्