२७ असार २०८३, शनिबार

तोकिएको समयमा प्रतिवेदन बुझाउन नेकपा कार्यदल असफल, डाकियो सचिवालय बैठक

तोकिएको समयमा प्रतिवेदन बुझाउन नेकपा कार्यदल असफल, डाकियो सचिवालय बैठक

काठमाडौ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको बैठक सोमबार बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजेका लागि बैठक बोलाइएको हो । सचिवालय बैठक लामो समयपछि बस्न लागेको हो । 

बैठकमा समसामयिक विषय र पार्टी एकताका बाँकी कामका विषयमा छलफल हुने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ । पार्टी एकताका विषयमा बाँकी विषय टुङ्ग्याउनका लागि ठोस सुझाव दिन गठित कार्यदलले प्रतिवेदन तयार पार्ने क्रममा रहेको सन्दर्भमा बैठक बोलाइएको हो । 

गत पुस १२ गते सम्पन्न स्थायी समितिको बैठकले पार्टी एकताका विषयमा बाँकी काम टुङ्गो लगाउन नौ सदस्यीय कार्यदल बनाएको थियो । सो कार्यदलले केही विषयमा सहमति गरे पनि केही विषय भने सहमति जुटाउन बाँकी छ । 

एकीकरणको बाँकी कामको गृहकार्य गर्न बनेको चौथो कार्यदलले पनि समयसीमाभित्र प्रतिवेदन बुझाउन असफल भएपछि नेकपाले समीक्षात्मक छलफल गर्ने तयारी गरेको हो । कार्यदल एकीकरणको बाँकी कामको गृहकार्य सकेर प्रतिवेदन बुझाउन असफल भएपछि सचिवालय बैठक बस्न लागेको हो । 

कार्यदलमा सचिवालय सदस्य रामबहादुर थापा बादल, महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरू वर्षमान पुन, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, वेदुराम भुसाल, लेखराज भट्ट, रघुवीर महासेठ र शंकर पोखरेल छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्