०२ असार २०८३, मंगलबार

नारायणगढ–मुग्लिनमा अझैं अघि बढेन १४ पुलको काम

माघ २१, २०७५
नारायणगढ–मुग्लिनमा अझैं अघि बढेन १४ पुलको काम
फाइल तस्बिर

काठमाडौँ — चितवनको नारायणगढ–मुग्लिन सडक खण्डमा १४ वटा पुल निर्माणको काम अझै अघि बढ्न सकेको छैन । १८ पुलमध्ये ४ वटाको मात्र निर्माण जारी रहेको र बाँकी १४ पुल निर्माणका लागि सर्भे भइरहेको सडक विभागले जनाएको छ । 

विभागको पुल महाशाखाका अनुसार भौगोलिक बनावटका कारण निर्माणमा ढिलाइ भएको हो । धेरैजसो पुल भएको ठाउँमा भीर छ । उभिएर काम गर्न गाह्रो छ । ‘सर्भे गर्न पनि जोखिम छ, एउटै पुलको सर्भे गर्न २–३ दिन लाग्छ,’ महाशाखा प्रमुख दीपक भट्टराईले भने, ‘गाडी निरन्तर चलिरहेका हुन्छन्, चाँडो सर्भे सकेर निर्माण अघि बढाउन लागिपरेका छौं ।’ कान्तिपुर दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्