२० असार २०८३, शनिबार

दशगजामा भारतद्वारा ट्रेन्च खन्न शुरु, वन्यजन्तुको करिडाेर नै अवरुद्ध

दशगजामा भारतद्वारा ट्रेन्च खन्न शुरु, वन्यजन्तुको करिडाेर नै अवरुद्ध

कञ्चनपुर– नेपाल–भारत सीमा क्षेत्रको दशगजा नजिक कञ्चनपुरको पुर्नवासको डोके बजार क्षेत्रमा भारतले डोजरको सहायताले पुनः ट्रेन्च खन्न शुरु गरेको छ । भारतको दुधुवा नेशनल पार्क नजिक भारतले ट्रेन्च खन्न शुरु गरेपछि वन्यजन्तुको करिडाेर अवरुद्ध हुने भएको छ । 

वन्यजन्तुको मुख्य करिडाेरका रुपमा रहेको दुधुवा नेशनल पार्क नजिकको क्षेत्रमा भारतले ट्रेन्च खनेर ठूलो माटोको डिल बनाउन थालेपछि वन्यजन्तुको ओहरदोहर गर्ने मार्ग अवरुद्ध हुने वन्यजन्तुबारे जानकारको भनाइ रहेको छ । भारले नेपालतर्फ रहेको डोके बजार क्षेत्रको फोहर दुधुवा नेशल पार्कमा जान नदिनका लागि डिल बनाउन लागेको भन्दै आएको छ । 

भारतले सीमास्तम्भ नं ७५३÷१७१ नजिक झण्डै ५०० मिटर लम्बाइको ड्रेन बनाएको छ । दश दिनअघि भारतले ट्रेन्च खन्न शुरु गरेपछि नेपाली पक्षको विरोधका कारण रोकेको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुँवेर कडायतले भारतीय पक्षले दशगजा क्षेत्रभन्दा २०० मिटर परबाट डिल बनाउन थालेको बताउनुभयो ।
 
नेपाली पक्षसँग डिल बनाउनेबारे भारतले कुनै किसमको समन्वय नगरेको उहाँले बताउनुभयो । यसबारे यसअघिनै गृहमन्त्रालयमा जानकारी गराई सकिएको उहाँले बताउनुभयो । भारतले दूतावासबाट रोक्नका लागि पत्र आएपछि मात्रै रोक्ने जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्