![सरकारविरुद्ध धनगढीमा कांग्रेसको शक्ति प्रदर्शन [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/Congress_Dhangadhi_4_gPRfuVKCfp.jpg)
धनगढी - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले धनगढीमा सरकारविरुद्ध शक्ति प्रदर्शन गरेको छ ।
महंगी, भ्रष्टाचार तथा सरकारका जनविरोधी निर्णयको विरोध गर्नभन्दै कांग्रेसले देशव्यापी रूपमा गरेको प्रदर्शनका क्रममा धनगढीमा पनि सोमवार शक्ति प्रदर्शन गरिएको हो ।
धनगढी र आसपासका क्षेत्रबाट ठूलो संख्यामा नेता कार्यकर्ता धनगढीमा भेला भएका छन् ।
कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिपक्षीलाई देख्नै नचाहेको, देशमा सुशासन कायम गर्न नसकेको, सुरक्षा दिन नसकेकोलगायत आरोप लगाउँदै कांग्रेसले शक्ति प्रदर्शन गरेको हो ।
धनगढी चौराहादेखि शुरू भएको प्रदर्शन पार्क चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । कोण सभामा धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड, पूर्वराज्यमन्त्री मोहनसिंह राठौर, पूर्वमन्त्री रामजनम चौधरी, प्रदेशसभा संसदीय तथा संसदीय दलका नेता डा. रणबहादुर रावल र पूर्वकेन्द्रीय सदस्य सुनिलकुमार भण्डारीले सम्बोधन गरेका थिए ।
हेर्नुहोस्, फोटो फिचर :









