०७ साउन २०८३, बिहीबार

सरकारविरुद्ध कांग्रेसले रत्नपार्कमा प्रदर्शन गर्‍यो 'डमी वाइडबडी' [फोटोफिचर]

सरकारविरुद्ध कांग्रेसले रत्नपार्कमा प्रदर्शन गर्‍यो 'डमी वाइडबडी' [फोटोफिचर]

काठमाडौं - सरकारविरुद्ध देशैभर विरोध सभा आयोजना गरेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका कार्यकर्ताहरू काठमाडौंमा 'डमी वाइडबडी' लिएर प्रदर्शनमा उत्रिएका छन् ।

वाइडबडी विमान खरिद प्रकरणमा सरकारले भ्रष्टाचार गरेको भन्दै नेता प्रकाशमान सिंहको नेतृत्वमा रत्नपार्कको शान्ति बाटिकामा वाइडबडी सहित प्रदर्शन भएको हो ।

रत्नपार्क, बागबजार, पुतलीसडक प्रदर्शनीमार्ग हुँदै शहीद गेट पुगेर पुनः शान्तिबाटिकामा फर्केको कांग्रेसको र्‍याली विरोधसभामा परिणत भएको थियो । 

कांग्रेसले दुईतिहाइको सरकारले जनभावनाविरोधी कामलाई अगाडि बढाएको, प्रमुख प्रतिपक्षलाई बेवास्ता गरेको तथा जनभावना विपरीत काम गरेको, भ्रष्टाचार तथा महंगी बढेको भन्दै प्रदर्शन गरेको हो ।

तस्वीर : यूपी लामिछानेको फेसबूकबाट

कमेन्ट गर्नुहोस्