०८ असार २०८३, सोमबार

विद्यालयमा ढिलो आउने शिक्षिकालाई विद्यार्थीले फर्काइदिए

माघ २२, २०७५
विद्यालयमा ढिलो आउने शिक्षिकालाई विद्यार्थीले फर्काइदिए

मोरङ–‘मिस तपाईंको घडीमा कति बज्यो?’

शिक्षिका दुर्गावती राजवंशीले नाडी हेरिन्। भनिन्, ‘आउँदाआउँदै ५ मिनेट ढिला भएछ ।’

 सोमबार १० बजेर ५ मिनेट गएको थियो। जहदा गाउँपालिका–१ स्थित जनता बाल आधारभूत विद्यालयको मूलढोकामा बसेका कक्षा ७ का दुर्गी ऋषिदेव र चन्द्रिकाकुमारी सरबरियाले भने, ‘आज तपाईं घर फर्कनुस्, भोलिदेखि १० बजेभित्र आइपुग्नुस्।’

‘ हुन्छ, फर्कन्छु, भोलिदेखि समयमै आइपुग्छु,’ शिक्षिका राजवंशीले भनिन् ।

उनले पछि  भनिन्, ‘आफैंले बनाएको नियम हो ।’ यसअघि शिक्षिकाद्वय मनमाया गुरुङ र पूजा मण्डललाई पनि विद्यार्थीले ढोकैबाट फर्काएका थिए ।  कान्तिपुर दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्