२१ जेठ २०८३, बिहीबार

विश्वविद्यालयद्वारा पेट्रोलियम गाडी प्रतिबन्ध

विश्वविद्यालयद्वारा पेट्रोलियम गाडी प्रतिबन्ध
सन्दर्भ तस्वीर

गुजरात– प्रदुषण नियन्त्रणका लागि भन्दै भारतको गुजरातमा रहेको पारुल विश्वविद्यालयले क्याम्पसमा पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई रोक लगाएको छ । शिक्षक र विद्यार्थीहरूको स्वास्थ्य र क्याम्पसको वातावरणलाई कार्वनका कारण थप विग्रन नदिनका लागि यस्तो व्यवस्था गरिएको क्याम्पसले जनाएको छ ।

क्याम्पसमा यातायातका लागि साईकलको प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको समाचारमा जनाइएको छ । क्याम्पसमा प्रयोगका लागि विश्वविद्यालयले अहिले पहिलो चरणमा एक सय साईकल पनि ल्याएको छ । साईकल प्रयोग गर्न चाहनेलाई दैनिक, साप्ताहिक वा मासिक रूपमा न्युन भाडा शुल्क बुझाएर प्रयोग गर्न पाउने व्यवस्था पनि गरिएको छ । 

हरित तथा स्वच्छ वातावरण बनाउने उद्धेश्य पुरा गर्न क्याम्पसमा पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई रोक लगाइएको क्याम्पसका उच्च अधिकारीहरूले बताएका छन् । हाम्रो विश्वविद्यालय झण्डै १२० एकडमा फैलिएको छ, विद्यार्थी र शिक्षकहरूलाई एक ठाउँबाट अर्को ठाउँमा जान धेरै समय लाग्छ, त्यसैले हामीले साइकलको व्यवस्था गर्न लागेका हौँ, क्याम्पसका अध्यक्ष देभेशुं पटेलले भने । 
 

salt training

कमेन्ट गर्नुहोस्