०३ असार २०८३, बुधबार

ड्राइभरलेस कार आएमा पार्किङ गर्ने छैनन् मानिस, ट्राफिकलाई पर्छ भार

ड्राइभरलेस कार आएमा पार्किङ गर्ने छैनन् मानिस, ट्राफिकलाई पर्छ भार

काठमाडौं — संसारभरिका अनेक कम्पनीहरू चालकविहीन (स्वचालित) कारको परीक्षण गरिरहेका छन् । 

अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयको अध्ययनले देखाएअनुसार, सडकमा चालकविहीन कार आएपछि त्यसमा बसेर यात्रा गर्दा दुईगुणा बढी समय लाग्छ किनकि मानिस पार्किङमा नराखेर कारलाई क्रुज मोड (घुमिरहने) मा हाल्न सक्छन् । 

क्यालिफोर्निया विश्वविद्यालयका यातायात योजनाकर्ता प्राध्यापक एडम मिलार्डले स्वचालित कार पार्किङमा नअड्याइएर चारैतिर घुमिरहँदा पार्किङ खर्च बचत हुन्छ । यसो हुँदा मानिसको झुकाव यसतिर हुन्छ । 

तर यसले ठूलो समस्या ल्याउँछ किनकि पार्किङमा अडिनुको साटो कार कम गतिमा सडकमा घुमिरहनेछ र ट्राफिकमा दबाब पर्नेछ । यसले गर्दा अरू वाहनलाई निस्कन समस्या हुन्छ र यात्राको समय पनि बढ्नेछ । 

मिलार्डले बताएअनुसार, बिजुली खर्च, मर्मत, मूल्य कम हुने, मेन्टेनेन्स र कार गुड्ने प्रतिघन्टा खर्च निकाल्दा यो सानो शहरको पार्किङ लागतभन्दा पनि निकै कम हुनेछ । 

अध्ययनअनुसार, क्रुजको समस्या स्वचालित कारको एक सानो समस्या मात्र हो । सबभन्दा ठूलो समस्या त यसको सुरक्षाकै विषयमा छ । स्वचालित कारले मानिसको जस्तो विवेक प्रयोग नगर्ने हुनाले दुर्घटना बढ्ने सम्भावना रहन्छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्