०५ साउन २०८३, मंगलबार

नेकपा कार्यदलको बैठक बस्दै

नेकपा कार्यदलको बैठक बस्दै

काठमाडाैं-  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कार्यदल बैठक बिहीबार बस्दैछ । पार्टी एकीकरणको संगठनात्मक प्रस्ताव टुंगो लगाउन गठन गरिएको कार्यदलको बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ । 

बैठकमा बाँकी विषय टुंग्याएर जाने कि अहिलेसम्मका प्रगतिको रिपोर्ट तयार गरी सचिवालयलाई जिम्मा दिने भन्ने विषयमा छलफल हुनेछ । पुस मसान्तभित्र काम सक्नेगरी जिम्मेवारी पाएको कार्यदलले माघ महिना सकिन लाग्दासमेत जिम्मेवारी पूरा नगरेपछि सचिवालयले दुई दिनभित्र अपूरै प्रतिवेदन माग गरेपछि कार्यदल छलफलमा जुट्न लागेको हो ।

गठन भएयता ६ पटक बैठक बसेको कार्यदलले अहिलेम्म विधानमा भएका त्रुटी सच्याउनेबाहेक अरु काम गरेको छैन । पुस १३ गते पार्टीका बाँकी सङ्गठन एकीकरणको प्रस्ताव तयार गर्ने, विधानमा भएका त्रुटि सच्याउने, प्रदेश कमिटी गठनको निर्णयमा हेरफेर, केन्द्रीय सदस्यहरूको कार्यविभाजन प्रस्ताव तयार गर्न ९ सदस्यीय कार्यदल गठन गरिएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्