२३ असार २०८३, मंगलबार

सरकारका प्रवक्ताको कटाक्ष : 'वाइडबडी हराएको छैन, अस्ति हातहातमा देखेको थिएँ'

सरकारका प्रवक्ताको कटाक्ष : 'वाइडबडी हराएको छैन, अस्ति हातहातमा देखेको थिएँ'
फाइल फोटो

काठमाडौं -सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले वाइडबडी खरिद प्रक्रियामा भएको भ्रष्टाचारमा छानबिन प्रक्रिया जारी रहेको बताएका छन् ।

मन्त्रिपरिषद्ले गरेका निर्णयबारे जानकारी दिनका लागि बिहीवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले वाइडबडीबारे छानबिन भइरहेको बताएका हुन् ।

साथै मन्त्री बाँस्कोटाले वाइडबडी कतै नहराएको भन्दै कटाक्ष समेत गरे । 'वाइडबडी हराएको छैन, अस्ति भर्खर मैले ठू-ठूला वाइडबडी मान्छेको हातहातमा देखेको थिएँ,' मन्त्री बाँस्कोटाले भने ।

नेपाली कांग्रेसले 'डमी' वाइडबडी लिएर गरेको सरकारविरोधी आन्दोलनलाई लक्षित गर्दै मन्त्री बाँस्कोटाले कटाक्ष गरेका हुन् ।
 

salt training

कमेन्ट गर्नुहोस्