२६ जेठ २०८३, मंगलबार

बस र कार आपसमा ठोक्कियो, एकको मृत्यु, प्रदेशसभा सदस्य घाइते

बस र कार आपसमा ठोक्कियो, एकको मृत्यु, प्रदेशसभा सदस्य घाइते

दाङ–घोराहीबाट लमहीतर्फ जाँदै गरेको ना५ख ५५२९ नंको बस र बुटवलबाट दाङतर्फ आउँदै गरेको बा१८च ६८३६ नंको कार एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । 

घोराही–लमही सडक खण्डको चिसापानीमा भएको दुर्घटनामा परी बसमा सवार रुकुम मुसिकोट–२ का रमिता शर्माको मृत्यु भएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् । सो दुर्घटनामा परी प्रदेश नं ५ का प्रदेससभा सदस्य उत्तरकुमार वली गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर लगिएको छ । घाइते अन्यको लमहीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्