
काठमाडौँ–विभिन्न देश तथा नियोगमा राजदूतको पदावधि सकिनुभन्दा तीन महिनाअघि नै अब राजदूत सिफारिस हुने भएका छन् ।
संसदीय सुनुवाइ समितिमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नयाँ निर्देशिका अनुसार राजदूतको सिफारिस प्रक्रिया अगाडि बढ्ने जानकारी दिए ।
सरकारले असार २४ गते राजदूत नियुक्ति सम्बन्धी निर्देशिका पारित गरेको थियो । निर्देशिका अनुसार राजदूतको कार्यकाल सकिनुभन्दा तीन महिना अघि नै सिफारिस प्रक्रिया अगाडि बढाउन सक्ने व्यवस्था छ ।
राजदूत नियुक्तिमा समावेशिताका विषयमा समितिले मन्त्री ज्ञवालीलाई छलफलका लागि बोलाएको थियो । मन्त्री ज्ञवालीले सकभर सरकारले दौत्य सम्बन्ध कायम गरी दूतावास स्थापना भएका देशमा राजदूत खाली नगर्ने सरकारको नीति रहेको बताए । आजको गोरखापत्र दैनिकमा खबर छापिएको छ ।